बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेवानिमा अधिकारीको नियुक्तिले महिला कर्मचारी असन्तुष्ट, आन्दोलन गर्ने चेतावनी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १० २०७८
नेवानिमा अधिकारीको नियुक्तिले महिला कर्मचारी असन्तुष्ट, आन्दोलन गर्ने चेतावनी

 उनको नियुक्तिले महिला तथा आम कर्मचारीहरू कार्यालय प्रवेश गर्दा समेत निराशा भएको अवस्था छ। निज अधिकारीको स्वभाव भने अझै बदलिएको छैन्। कर्मचारीलाई हालसम्म पनि धम्काउने तथा त्रसित बनाउने गरेको महिला कर्मचारीको भनाइ छ।

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) मा सरकारले (सोमबार) ८ कात्तिक २०७८ मा निगमभित्र छवि बिगारेका पूर्वकर्मचारी तथा अर्थ विभागको निर्देशक युवराज अधिकारीलाई नियुक्त गरेकोमा निगमका महिला कर्मचारीले असन्तुष्टी जनाएका छन्।

निगममा निर्देशक भएदेखि हालसम्म पनि अधिकारीको स्वभाव तथा भावना कर्मचारीको मनोबल खस्काउने, सीमित घेराभित्र रमाउने र कर्मचारीलाई धम्काउनेमा सीमित रहेको कर्मचारीको भनाइ छ।

‘नेवानिभित्र रहेका सम्पूर्ण निर्देशकहरू महिला तथा आम कर्मचारी अधिकारीको नियुक्तिले खुशी भएको अवस्था छैन्,’ महिला कर्मचारीहरूबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘ महिला हिंसा गर्ने, पटक पटक गल्ती गरेर ढाकछोप गर्दै हिँडेका अधिकारी पुनः निगममै कार्यकारी प्रमुख भएर आउने निगम सिध्याउने खेल हो।’

'उनको नियुक्तिले महिला तथा अन्य कर्मचारीहरू कार्यालय प्रवेश गर्दासमेत निराश भएको अवस्था छ। निज अधिकारीको स्वभाव भने अझै बदलिएको छैन। कर्मचारीलाई हालसम्म पनि धम्काउने तथा त्रसित बनाउने गरेको' महिला कर्मचारीहरूको भनाइ छ।

विगतमा गरेको गल्तीमा महिला कर्मचारीका खुट्टा पटक पटक ढोग्दै आएको व्यक्ति फेरि पनि कार्यकारी प्रमुखको कुर्सीमा बस्ने नमिल्ने विज्ञप्तिमा उल्लेख छ।

यौन दुराचारको आरोपमा कारबाहीसमेत भोगेका अधिकारीलाई सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरेपछि कर्मचारीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

नेपाल वायुसेवा निगमक कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले गलत मान्छेलाई सरकारले नियुक्ती गर्नु राम्रो नभएको र यसका विरुद्धमा कर्माचारीहरू जाने बताए। 'यो राम्रो भएन। यो नियुक्तीबाट सबैभन्दा दु:खी महिला कर्माचारी छन्। गम्भीर गल्ती गरेर कारबाहीसमेत भोगेको मान्छेलाई ल्याउनु राम्रो होइन' उनले भने। 


प्रकाशित : बुधबार, कात्तिक १० २०७८१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend