बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बढ्न थाले पर्यटक, दुई महिनामा पौने ३ अर्ब आम्दानी 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १० २०७८
बढ्न थाले  पर्यटक, दुई महिनामा पौने ३ अर्ब आम्दानी 

अघिल्लो वर्षको तुलनामा यो दोब्बर बढी आम्दानी हो। अघिल्लो वर्ष नेपालले पर्यटनबाट ९७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो। 

काठमाडौं- पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि देखिन थालेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। 

सन् २०२१ को सेप्टेम्बरमै  ९ हजार ८९८ जना  विदेशी नेपाल घुम्न आएका छन्। यो सन् २०२१ को फेब्रुअरीको संख्या भन्दा धेरै हो। 

सन् २०२१ को सुरुदेखि नै पर्यटक आगमनको सङ्ख्यामा वृद्धि हुन सुरु भएको थियो। जनवरीमा ८ हजार पर्यटक आएका थिए भने अप्रिलमा २२ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।

कोरोनाको दोस्रो भेरियन्टको संक्रमण तीव्र भएपछि नेपाल सरकारले अप्रिलको अन्तिम सातादेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। तीन महिनापछि क्रमिक उडान खुला गर्दै गएपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो। 

हाल सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत अन्तर्राष्ट्रिय भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। उडान सङ्ख्यामा वृद्धि तथा पछिल्लो समय सरकारले पर्यटकका लागि क्वारेन्टिन  नियममा सहज बनाइदिएपछि अझै पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीको विश्वास छ। 

चीनसँगको नियमित उडान अझै सुरु नभएकाले अपेक्षित वृद्धि देख्न नपाइने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय सरकारले क्वारेन्टिन नियममा खुकुलो बनाएपछि काठमाडौंका पाँचतारे होटलहरूमा धमाधम बुकिङ आउन थालेको छ। 
२ महिनामा २ अर्ब  ७० करोड आम्दानी 
नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको पहिलो दुई महिनामै पर्यटनबाट नेपालले २ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ। 

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालले साउन र भदौमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ। 

अघिल्लो वर्षको तुलनामा यो दोब्बर बढी आम्दानी हो। अघिल्लो वर्ष नेपालले पर्यटनबाट ९७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो। 


प्रकाशित : बुधबार, कात्तिक १० २०७८१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend