बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

५ महिनापछि लाइसेन्सको परीक्षा खुल्दै, विभागले ल्यायो मापदण्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १० २०७८
images
images
५ महिनापछि लाइसेन्सको परीक्षा खुल्दै, विभागले ल्यायो मापदण्ड

यातायात व्यवस्था विभागले रोकिइको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालनका लागि मापदण्ड ल्याएको छ। विभागले बिहीबार परीक्षा सञ्चालनसम्बन्धी मापदण्ड ल्याएसँगै रोकिएको लाइसेन्स परीक्षा लिन बाटो खुलेको हो।

images
images

काठमाडौं- यातायात व्यवस्था विभागले रोकिइको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालनका लागि मापदण्ड ल्याएको छ। विभागले बिहीबार परीक्षा सञ्चालनसम्बन्धी मापदण्ड ल्याएसँगै रोकिएको लाइसेन्स परीक्षा लिन बाटो खुलेको हो।

images
images

गत बैशाखदेखि राकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन हुने भएको छ। विभागले ‘कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८’ स्वीकृत गरेको हो। 

images
images

बिहीबार स्वीकृत गरेको मापदण्ड स्वीकृत भएसँगै कार्यान्वयनमा आएको विभागले जनाएको छ। सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागु गराउन सक्ने गरि कार्यालयको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक सिफ्टमा बढीमा १ सय जना परीक्षार्थीको परीक्षा गराउन सकिने मापदण्डमा उल्लेख छ। 

images
images

त्यस्तै एउटा कोठामा २५ जना परीक्षार्थी हरने गरि परीक्षा व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ। मापदण्डमा विभागले परीक्षा केन्द्रमा उपस्थित हुने समय, पालना गर्नुपर्ने नियमको स्पष्ट व्यवस्था गरेको छ। 

लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। 

यस्तो छ मापदण्ड


प्रकाशित : बिहीबार , भदौ १० २०७८१७:०४
  • सम्बन्धित विषय:

  • # लाइसेन्स
  • # स्मार्ट लाइसेन्स
  • # यातायातविभाग
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend