बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निर्जिवन बीमा शुल्क वृद्धिमा महासंघको विरोध, तत्काल फिर्ता लिन माग

बुधबार, कात्तिक १० २०७८
निर्जिवन बीमा शुल्क वृद्धिमा महासंघको विरोध, तत्काल फिर्ता लिन माग

बीमा समितिले निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सीमा तोकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ। 

काठमाडौं- बीमा समितिले गएको असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर वृद्धिको नेपाल उद्योग वाणिज्य महासंघले विरोध गरेको छ। 

बीमा समितिले निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सीमा तोकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ। 

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जानेसमेत महासंघले ठहर गरेको छ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरे पनि विमितले बिमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरूको राखिएका छन्। यस बिषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि महासंघ माग गरेको छ। 

यसैगरि बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरूलाई गैरशुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दरको सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघ आग्रह गरेको छ। खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्वारा मूल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघले जनाएको छ।  

साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघ गम्भीर आग्रह गर्दछ। 


प्रकाशित : बुधबार, कात्तिक १० २०७८०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend