बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

फोक्सुण्डो घुम्न गइरहेकी एक युवती खोलामा खसेर बेपत्ता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १० २०७८
फोक्सुण्डो घुम्न गइरहेकी एक युवती खोलामा खसेर बेपत्ता

हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

डोल्पा- हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे-फोक्सुण्डो गाउँपालिका-९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका-३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १० २०७८०७:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend