शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आयात र निर्यात दुबै बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १० २०७८
आयात र निर्यात दुबै बढ्यो

चालु आर्थिक वर्ष २०७८/७९ पहिलो महिनामै आयात ७५ प्रतिशतले बढ्को छ। आर्थिक वर्षको पहिले महिना साउनमै नेपालले भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको हो।

काठमाडौं-चालु आर्थिक वर्ष २०७८/७९ पहिलो महिनामै आयात ७५ प्रतिशतले बढ्को छ। आर्थिक वर्षको पहिले महिना साउनमै नेपालले भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको हो।

गत  आर्थिक वर्ष २०७७/०७८ मा साउन महिनामा नेपालले कुल ८५ अर्ब ८० रुपैयाँ बराबरको सामान आयात भएको थियो।
यसैगरी निर्यात पनि बढ्को छ। पहिलो महिनामै २० अर्ब ५६ करोड रुपैयाँ बरारबरको सामान भारत तथा तेस्रो मुलक निर्यात भएको छ। यसैगरी व्यापार घाटा पनि बढेको छ। गत आवको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा ७० प्रतिशतले बढेको छ।

चालु आवको पहिलो महिनामै १ खर्ब २९ रुपैयाँ व्यापार घाटा रहेको छ। कुल वैदेशिक व्यापार भने १ खर्ब ७१ रुपैयाँ रहेको छ। गत आवको पहिलो महिनामा कुल वैदेशिक व्यापार भने ९५ अर्ब ४२ करोड रुपैयाँ थियो।


प्रकाशित : बिहीबार , भदौ १० २०७८१६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend