काठमाडौं- सुन तथा चाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। मंगलबार ९२ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको तोलामा ६ सय रुपैयाँले घटेर बुधबारका लागि ९२ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबार १२ सय ६५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।