काठमाडौं- नेपाल बंगलादेश बैंकले १५ प्रतिशत लाभांश दिने भएको छ। बैंकले मंसिर २ गतेका लागि साधारणसभा डाकेको हो। बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्ने छ।
बैंकले १२ प्रतिशत बोनस सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको हो। बैंकले घोषणा गरेको लाभांस पाँच वर्षयताकै उच्च हो।
सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट ३ गरी ६ जना नयाँ सञ्चालक चयन गर्ने छ। बैंकको साधारणसभामा मर्जर तथा प्राप्ति सम्बन्धि कुनै पनि एजेण्डा छैन। बोनस सेयर वितरणपछि चुक्ता पुँजी १० अर्ब ८० करोड रुपैयाँ पुग्ने छ।