बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

८ लाख १९ हजारले पाउने मध्य भोटेकोशीको आइपीओ शुक्रबार बाँडफाँट हुने

बुधबार, कात्तिक १० २०७८
८ लाख १९ हजारले पाउने मध्य भोटेकोशीको आइपीओ शुक्रबार बाँडफाँट हुने

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार बाँडफाँट हुने भएको छ।

काठमाडौं- मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार बाँडफाँट हुने भएको छ।

आइपीओ बिक्री बन्द हुँदासम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो। 

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।


प्रकाशित : बुधबार, कात्तिक १० २०७८०१:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend