बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

चाङगनले २०२५ पछि वार्षिक ३० लाख कार बिक्री गर्ने, नेपालमा पनि आक्रामक

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
चाङगनले २०२५ पछि वार्षिक ३० लाख कार बिक्री गर्ने, नेपालमा पनि आक्रामक

कम्पनीले २०२५ देखि वार्षिक ३० लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ। चाङगनका कार नेपाली बजारमा समेत आउने निश्चित भइसकेको छ। 

images
images

काठमाडौं- चिनियाँ कार निर्माता कम्पनी चाङगन अटोमोबाइल कार बिक्रीमा आक्रामक हुने भएको छ। कम्पनीले सन् २०२५ देखि वार्षिक ३० लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ। चाङगनका कार नेपाली बजारमा समेत आउने निश्चित भइसकेको छ। 

images
images

नेपाली बजारमा चाङगनका कार एमएडब्लू वृद्धि अटोकर्पले ल्याएको छ। कम्पनीले चाङगनका कार बिक्रीका लागि आक्रामक रुपमा बजार विस्तारको योजना बनाइरहेको छ। 

images
images

चाङगनले २०३० बाट विश्व बजारमा वार्षिक ४५ लाख सवारी बिक्री गर्ने लक्ष्य तय गरेको कम्पनीका अध्यक्ष झु हाउरङले बताएको रोयटर्सले खेलेको छ। 

images
images

कम्पनीले २०२५ देखि बिक्री गर्ने कुल सवारी मध्ये ३५ प्रतिशत न्यू इनर्जी भेइकल हुनेछ भने २०३० पछि ६५ प्रतिशत हुनेछ। न्यू इनर्जी भेइकलमा ब्याट्री इलेक्ट्रिक, प्लग-इन हाइब्रिड र हाइड्रोजन फ्युल-सेल भेइकल पर्दछन्। 

चीन विश्वको सबैभन्दा कार बिक्री हुने देश हो। चिनियाँ कम्पनी भएकाले चाङगनको पनि सबैभन्दा ठूलो बजार स्वभाविक रुपमा चीन नै हो। त्यसैले कम्पनीले चीन बाहीरको बजारलाई समेत प्राथमिकतामा राखेको छ। २०३० सम्ममा कम्पनीले बिक्री गर्ने कुल सवारी हिस्सा मध्ये ३० प्रतिशत विश्व बजारमा पुर्याउने जनाएको छ। 

अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटरसँग चीनमा सहकार्य गरेको चाङगनले २०२० मा २० लाख सवारी बिक्री गरेको थियो। चाङगनले इलेक्ट्रिक सवारी उत्पादनका लागि चीनकै हुवाले टेक्नोलाजिज्सँग सहकार्य गरेको छ। 

दुई कम्पनीले स्मार्ट इलेक्ट्रिक भेइकल इन्डस्ट्रीमा आगामी ५ वर्षमा १ सय ५० अर्ब युआन (२३ अर्ब १४ करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएका छन्।

चाङगनको चिनियाँ प्रतिस्पर्धी जीलीले २०२५ सम्म वार्षिक ३६ लाख ५० हजार र ग्रेटवाल मोटरले ४० लाख सवारी बिक्री गर्ने लक्ष्य तय गरेका छन्।

ग्रेटवाल र चाङगनबीच चीनमा मात्र नभइ नेपालमा समेत प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गत वर्ष नै भीजी इम्पेक्सले ग्रेटवाल मोटल नेपालमा ल्याउने सम्झौता भएसँगै सवारी बिक्री सुरु भइसकेको छ। 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०३:१५
  • सम्बन्धित विषय:

  • # चाङगन
  • # एमएडब्लू
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend