बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निजी कम्पनीसँग साठगाँठ गरेर वायुसेवा निगमलाई कमजोर बनाउदिनँ : पर्यटनमन्त्री आले

मंगलबार, कात्तिक ९ २०७८
निजी कम्पनीसँग साठगाँठ गरेर वायुसेवा निगमलाई कमजोर बनाउदिनँ : पर्यटनमन्त्री आले

मन्त्री आलेले विगतमा नेपाल वायुसेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङसमेत व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिइएको उल्लेख गर्दै आफूले भने त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन्।  

मन्त्री आलेले विगतमा नेपाल वायुसेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङसमेत व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिइएको उल्लेख गर्दै आफूले भने त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए।

नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल वायुसेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना रहेको सुनाए। 

मन्त्री आलेले आईकाओको कालोसूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए। त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरूको मागअनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको समेत बताए। 

अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धन  हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो।

मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको समेत बताए। कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनले बताए। 


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend