बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उपभोग्य मिति फेरबदल गर्नेलाई कारबाही, १४ लाख बराबरको लेज कुरकुरे जफत

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
उपभोग्य मिति फेरबदल गर्नेलाई कारबाही, १४ लाख बराबरको लेज कुरकुरे जफत

जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिए।

काठमाडौं- उपभोग्य मिति गुज्रिएको लेज कुरकुरे जस्ता खाद्य वस्तुलाई रिलेभलिङ गरेर पुनः बजार पठाउने गरेको गोल्डेन नेपाल सप्लायर्स टोखा-५ लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गरेको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गोल्डेन नेपाल सप्लायर्स टोखा-५ लाई कारबाही गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको खेला पारेको थियो।  

जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिए।

बजार अनुगमनका क्रममा उक्त कार्यमा सङ्लग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल तीन लाख रुपैयाँ जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए। पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याइ बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को 'ख' को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend