बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण

विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई  हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपतको समयमा पीडितहरुको उद्धारमा सहयोगी हुने।

जाजरकोट- तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ।

नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको लागतमा राति  पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताए। भेरी नगरपालिकाको सहकार्यमा उक्त हेलिप्याड निर्माण गरिएको उनको भनाइ थियो।

पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका जाजरकोटवासीले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएका थिए। हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाट उद्धार तथा राहतका कामहरु रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ। हेलिप्याडको अभावमा वर्षौंदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थलनै प्रयोग गर्नुपर्दा बिरामीको अवस्था झन जटिल हुनाका साथै लामो दूरी पार गर्नुपरेकाले  राहतको काममा समेत ढिला हुँदै आएको थियो।

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड गणभित्र निर्माण गरिएको हो।  श्री नं ४ वाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरेका थिए।

विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई  हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपतको समयमा पीडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पुर्‍याउने प्रमुख सेनानी गोतामेले बताए।

अघिल्लो वर्ष बारेकोट गाउँपालिका-४ सार्कीटोलमा बाढीपहिराबाट भएको मानवीय क्षतिको बेला नेपाली सेना नै पहिले घटनास्थलमा पुगेको थियो। रासस


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend