बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दुई महिनामै अध्ययन र घुमफिरका नाममा १० अर्ब बाहिरियो 

मंगलबार, कात्तिक ९ २०७८
दुई महिनामै अध्ययन र घुमफिरका नाममा १० अर्ब बाहिरियो 

यही अवधिमा नेपालीहरूले ३ अर्ब ९१ करोड रुपैयाँ भ्रमणका नाममा खर्च गरेका छन्। 

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा नेपालीहरूले अध्ययन तथा भ्रमणका नाममा १० अर्ब रुपैयाँ विदेश लिएका छन्। 

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालीहरूले साउन र भदौ महिनामा अध्ययनका लागि भन्दै ६ अर्ब ३६ करोड ८४ लाख खर्चिएका छन्। 

यही अवधिमा नेपालीहरूले ३ अर्ब ९१ करोड रुपैयाँ भ्रमणका नाममा खर्च गरेका छन्। 

नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि नेपाल राष्ट्र बैंकले भ्रमण सटहीमा कडाइ गरेको छ। असोजमा आएर केन्द्रीय बैंकले भ्रमण सटहीका लागि कडाइ गर्न बैंकहरूलाई निर्देशन दिइसकेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend