बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ड्राइभिङ लाइसेन्सको फारम खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
ड्राइभिङ लाइसेन्सको फारम खुल्यो

विभागको वेबसइटमा गएर फारम भर्न सकिने छ। 

काठमाडौं- यातायात व्यवस्था विभागले कोरोना बढेसँगै रोकेको सवारी चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ फारम खुला गरेको छ। 

निषेधाज्ञा सुरु भएसँगै बैशाख १६ गतेदेखि रोकिएको लाइसेन्सको नयाँ फारम खुलेको हो। 

कोरोना भाइरस संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण रोकिएको लाइसेन्सको परीक्षा भने विभागले भदौ २० बाट सुरु गरेको थियो। यातायात व्यवस्था विभागले भदौ दोस्रो साता परीक्षा सञ्चालन मापदण्ड तय गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

तर लाइसेन्स लिन चाहनेहरूका लागि भने नयाँ फारम खोलिएको थिएन। विभागले दशैँपछि लाइसेन्सको नयाँ फारम खोल्ने बताउँदै आएको थियो। नयाँ लाइसेन्स लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गएकाले फारम खुला गरिएको विभागले जानकारी दिएको छ। 

लाइसेन्स लिन चाहनेहरूको संख्या बढ्दै गएकाले विभागले नयाँ लाइसेन्सका लागि फारम खुलाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। 

निषेधाज्ञासँगै रोकिएका ट्रायल परीक्षा र फारम भरेका तर अन्य प्रक्रिया बाँकी रहेकाहरूलाई भदौ २० बाट प्रक्रिया सुरु गरिसकिएकाले चाप कम भएको उनको भनाइ छ। त्यसैले नयाँ फारम खुलाउन सहज भएको हो। 

विभागको वेबसइटमा गएर फारम भर्न सकिने छ। 

 


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend