शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेपाल एयरलाइन्सले पायो मलेसियाका लागि चार्टर्ड उडानको अनुमति

images
मंगलबार, चैत १४ २०७९
images
नेपाल एयरलाइन्सले पायो मलेसियाका लागि चार्टर्ड उडानको अनुमति
images
images

काठमाडौं- नेपाल वायु सेवा निगमले मलेसियाको नियमित उडान तालिकाको विकल्पमा चार्टर्ड उडानका लागि अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई तत्कालको अवस्थामा मलेसियाका लागि चार्टर्ड उडान अनुमति दिएको हो।

images
images
images

प्राधिकरण प्रवक्ता जगनाथ निरौलाका अनुसार निगमले काठमाडौं- मलेसिया- काठमाडौंका लागि सातामा ५ वटा चार्टर्ड उडान अनुमति पाएको छ। यसैगरी निगमले काठमाडौं- मलेसिया- भरैहवा (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल)-काठमाडौंका लागि २ वटा चार्टर्ड उडान अनुमति पाएको छ।

images
images

निगमले अहिले चार्टर्ड अनुमति पाए पनि उसले सबै प्रक्रिया पूरा गरेर नियमति उडान तालिका नै स्वीकृत गर्नुपर्ने प्राधिकरणले जनाएको छ। निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफओसी) नवीकरणमा ढिलाइ गरेसँगै मलेसियाको नियामक निकायले नियमित उडानको अनुमति  दिएको छैन।

images
images

निगमले नियमित उडान तालिका स्वीकृत नगरी चार्टर्ड उडानको अनुमति मागेपछि प्राधिकरणले सोमबार मात्रै निगमलाई स्पष्टीकरण सोधेको थियो। प्राविधिक कारण उडानमा समस्या भएको जवाफसँगै प्राधिकरणले चार्टर्ड उडानमा अनुमति दिएको निरौलाले जानकारी दिए। सोहीअनुसार निमगले आजदेखि नै चार्टर्ड उडान सुरु गरेको छ।  

अब निगमले प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालीन उडान तालिकाअनुसार काठमाडौं-मलेसिया-काठमाडौं रुटमा साताको पाँच उडान गर्नेछ भने दुईवटा काठमाडौं-मलेसिया- भैरहवा-काठमाडौं उडान गर्ने छ।

तर भैरहवाबाट काठमाडौं आउँदा निगमले यात्रु थप्न पाउने छैन। मलेसियाबाट लिएर आएको यात्रु भैरहवाका झारेर काठमाडौं आउने छ। तर सोही उडानमा काठमाडौं आउने गरी आएका यात्रु भने ल्याउन पाउने छ। यो गन्तव्यका लागि नेपाल एयरलाइन्सले मंगलबार र शनिबार गरी सातामा दुईउडान गर्ने छ। 

निगम नेतृत्वले बिर्सियो मलेसिया उडानको अनुमति, चार्टर्ड उडानमार्फत कमाउने दाउ निगम नेतृत्वले बिर्सियो मलेसिया उडानको अनुमति, चार्टर्ड उडानमार्फत कमाउने दाउ


प्रकाशित : मंगलबार, चैत १४ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend