आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

images
सोमबार, कात्तिक ८ २०७८
images
images
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

स्रोतका अनुसार नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो। 

images
images

काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ।

images
images
images

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

यसअघिका बोर्ड अध्यक्षमात्र रहेका सुशील घिमिरेले जेठ २८ मा राजीनामा दिएका थिए। घिमिरेपछि सरकारले अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष नियुक्त गरेको हो। 

अधिकारी यसअघि नेपाल एयरलाइन्सकै कर्मचारी थिए। वित्त निर्देशक रहेर काम गर्दा अधिकारी विवादमा मुछिएका थिए। 

images

स्रोतका अनुसार नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो। 

 


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend