बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

सोमबार, कात्तिक ८ २०७८
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

स्रोतका अनुसार नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो। 

काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

यसअघिका बोर्ड अध्यक्षमात्र रहेका सुशील घिमिरेले जेठ २८ मा राजीनामा दिएका थिए। घिमिरेपछि सरकारले अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष नियुक्त गरेको हो। 

अधिकारी यसअघि नेपाल एयरलाइन्सकै कर्मचारी थिए। वित्त निर्देशक रहेर काम गर्दा अधिकारी विवादमा मुछिएका थिए। 

स्रोतका अनुसार नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो। 

 


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend