आइतबार, भदौ २३ गते २०८१    
images
images

घट्दै विदेशी मुद्राको सञ्चिति

एक महिनामै ४७ अर्बले घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ८ २०७८
images
images
घट्दै विदेशी मुद्राको सञ्चिति

अर्थात् दुई महिनामै ९२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति घटिसकेको छ। भदौमा मात्र ४६ अर्ब रुपैयाँ बराबरको सञ्चिति घटेको छ। 

images
images

काठमाडौं- चालु वर्षको पहिलो महिनादेखि नै आयात बढ्न थालेपछि वैदेशिक मुद्राको सञ्चिति घटिरहेको छ। 

images
images
images

२०७८ को असारमा १३  खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा भदौसम्म पुग्दा घटेर १३ खर्ब ६ अर्ब ९५ करोडमा सीमित भएको छ। 

अर्थात् दुई महिनामै ९२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति घटिसकेको छ। भदौमा मात्र ४६ अर्ब रुपैयाँ बराबरको सञ्चिति घटेको छ। 

अहिलेको सञ्चितिले ८.६ महिनाको वस्तु तथा ७.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकको अनुमान छ। दुई महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो। 

images

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ गरिएपनि वस्तु आयातमा अहिलेसम्म प्रतिबन्ध लागेको छैन। 


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend