बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

घट्दै विदेशी मुद्राको सञ्चिति

एक महिनामै ४७ अर्बले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ८ २०७८
घट्दै विदेशी मुद्राको सञ्चिति

अर्थात् दुई महिनामै ९२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति घटिसकेको छ। भदौमा मात्र ४६ अर्ब रुपैयाँ बराबरको सञ्चिति घटेको छ। 

काठमाडौं- चालु वर्षको पहिलो महिनादेखि नै आयात बढ्न थालेपछि वैदेशिक मुद्राको सञ्चिति घटिरहेको छ। 

२०७८ को असारमा १३  खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा भदौसम्म पुग्दा घटेर १३ खर्ब ६ अर्ब ९५ करोडमा सीमित भएको छ। 

अर्थात् दुई महिनामै ९२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति घटिसकेको छ। भदौमा मात्र ४६ अर्ब रुपैयाँ बराबरको सञ्चिति घटेको छ। 

अहिलेको सञ्चितिले ८.६ महिनाको वस्तु तथा ७.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकको अनुमान छ। दुई महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो। 

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ गरिएपनि वस्तु आयातमा अहिलेसम्म प्रतिबन्ध लागेको छैन। 


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend