बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल एयरलाइन्ससँग बढ्दै छ यात्रुको गुनासो : ह्वीलचेयर बुक गरेको यात्रुलाई ह्वीलचेयर नदिँदा लडेर चोट

मंगलबार, चैत ७ २०७९
नेपाल एयरलाइन्ससँग बढ्दै छ यात्रुको गुनासो : ह्वीलचेयर बुक गरेको यात्रुलाई ह्वीलचेयर नदिँदा लडेर चोट

'अब यसबारे एयरलाइन्सले के गर्छ? यो कस्तो खालको अन्तर्राष्ट्रिय उडानसेवा हो? यो त साह्रै अमानवीय भयो।'

काठमाडौं-  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सेवालाई लिएर यात्रुहरूको गुनासो बढ्दै गएको छ। निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको लगेज यात्रकै क्रममा च्यातिएको विषय सेलाउन नपाउँदै बुक गरेको ह्वीलचेयर सुविधा उपलब्ध नगराउँदा वृद्ध यात्रु लडेको गुनासो आएको छ।  

दुईदिनअघि आरए ४३४ फ्लाइटमार्फत जापान टोकियोबाट काठमाडौं आएकी एक यात्रुले बुक गरेको ह्वीलचेयर सुविधासमेत नदिएर हिँड्न बाध्य पारिँदा लडेर चोट लागेको गुनासो गरेकी छिन्।

ती यात्रुकी छोरीले सामाजिक सञ्जालमा तस्बिरहरू राख्दै लेखेकी छिन्- 'त्रिभुवन विमानस्थलमा अवतरणपछिका लागि टिकट लिनेबेलामा नै ह्वीलचेयर बुक भएको थियो। तर ह्वीलचेयर दिइएन र हिँडेरै जान भनियो। पानी परिरहेको बेला उहाँ चिप्लेर लड्नुभयो। गोडाका विभिन्न ठाउँमा चोट लागेको छ। शरीरका विभिन्न भागमा ठोक्किएको छ। नेपाल एयरलाइन्सको यो कस्तो खालको सेवा हो?'

उनले प्रश्न गरेको छिन्, 'अब यसबारे एयरलाइन्सले के गर्छ? यो कस्तो खालको अन्तर्राष्ट्रिय उडानसेवा हो? यो त अमानवीय काम भयो।'

Untitled-2.jpg

जब सचिवकै लगेज नेपाल एयरलाइन्सले फुटाइदियो जब सचिवकै लगेज नेपाल एयरलाइन्सले फुटाइदियो


प्रकाशित : मंगलबार, चैत ७ २०७९१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend