बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

होटल संघका पूर्वअध्यक्ष गौतमदासको निधन

सोमबार, कात्तिक ८ २०७८
होटल संघका पूर्वअध्यक्ष गौतमदासको निधन

होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि सन् १९९८ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए।

काठमाडौं- होटल संघ नेपालका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। अस्वस्थ रहेका उनको सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 

वि.सं. १९९५ सालमा काठमाडौंको तुम्बहालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए।

उनले विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि सन् १९९८ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए। उनको श्रीमती, दुई छोरा र दुई छोरी छन्।

श्रेष्ठको दुःखद निधनबाट आफूहरू मर्माहत हुनुका साथै समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको होटल संघ नेपालले जनाएको छ।


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend