बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राष्ट्र बैंकको नयाँ नियमसँगै लघुवित्तको सेयरमा ठूलो गिरावट, सेयर बजारमै नकारात्मक असर

बिहीबार , फागुन ११ २०७९
राष्ट्र बैंकको नयाँ नियमसँगै लघुवित्तको सेयरमा ठूलो गिरावट, सेयर बजारमै नकारात्मक असर

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको लाभांशसहित ऋण विस्तारमा कडाइ गर्ने निर्णय गरेसँगै दोस्रो बजारमा असर परेको छ। अधिकांश लघुवित्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

नेपालमा ६६ वटा लघुवित्त सञ्चालनमा रहेको छ। थोरै संख्याका लघुवित्त कम्पनीहरूको सेयरमा भारी गिरावट आएसँगै सेयर लगानीकर्ताहरु अत्तालिएर बिक्री गर्न बसेका छन्। जसका कारण दुई दर्जनभन्दा बढी लघुवित्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको हो।

लघुवित्त कम्पनीहरूको सेयरमा पहिरो जाँदा समग्र सेयर बजार नै प्रभावित भएको छ। जसको कारण बिहीबार दिउँसो साढे १ बजेसम्म बजार ५५ अंकले घट्न पुगेको छ। सर्वाधिक घट्नेमा, स्वालम्बन लघुवित्त, समिट लघुवित्त, महिला लघुवित्त, जीवन विकास, जाल्पा लघुवित्त, नेष्डो लघुवित्त, आदर्श लघुवित्त लगायतका छन्।

लघुवित्तमा समस्या देखिएसँगै राष्ट्र बैंकको ८ बुँदे निर्देशन, लाभांश वितरणदेखि ऋण विस्तारमा कडाइ लघुवित्तमा समस्या देखिएसँगै राष्ट्र बैंकको ८ बुँदे निर्देशन, लाभांश वितरणदेखि ऋण विस्तारमा कडाइ

 

कुनकाे कति घट्याे?

laguitta 1.JPG

lagubitta 3.JPG

lagubutta 4.JPG


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend