बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लघुवित्तमा समस्या आउनुका कारण खोजेर समाधान गर्ने काम सुरु भएको छ : अर्थमन्त्री पौडेल

बुधबार, फागुन १० २०७९
लघुवित्तमा समस्या आउनुका कारण खोजेर समाधान गर्ने काम सुरु भएको छ : अर्थमन्त्री पौडेल

बुधबार प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरूले लघुवित्तमा देखिएका समस्याहरू समाधानका लागि प्रश्न उठाएका थिए। 

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लघुवित्तमा समस्या आउनुका कारणहरू खोजेर समाधान गर्ने काम सुरु भएको बताएका छन्। 

लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउँदै उनले केही महत्वपूर्ण निर्णय भइसकेको र समस्या समाधानको लागि सम्बन्धित निकायले काम थालनी गरेको बताएका हुन्। 

बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर उनले भने, 'सरोकारवालाहरूको बैठक बसेका छौँ। केही मत्त्वपूर्ण निर्णयहरू पनि गरेका छौँ। लघुवित्तमा समस्या आउनुका कारण खोजेर समाधानको लागि सम्बन्धित निकाय लागिसकेका छन्। अब परिणामहरू आउँदैछन्।’

बुधबार प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरूले लघुवित्तमा देखिएका समस्याहरू समाधानका लागि प्रश्न उठाएका थिए। 

संसद्‍मा उठ्यो लघुवित्त पीडितको विषय : 'राष्ट्र बैंकले तत्काल कारबाही थाल्नुपर्ने' संसद्‍मा उठ्यो लघुवित्त पीडितको विषय : 'राष्ट्र बैंकले तत्काल कारबाही थाल्नुपर्ने'


प्रकाशित : बुधबार, फागुन १० २०७९१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend