बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अख्तियारले छानबीन थालेसँगै प्राधिकरणका पूर्वमहानिर्देशक क्षेत्रीको सबै सेवासुविधा रोक्का

बुधबार, फागुन १० २०७९
अख्तियारले छानबीन थालेसँगै प्राधिकरणका पूर्वमहानिर्देशक क्षेत्रीको सबै सेवासुविधा रोक्का

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न अनियमिततामा छानबीन थालेपछि नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीको सेवा सुविधामा रोक लागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबीन नसकिएसम्मका लागि पूर्वकर्मचारीको हैसियतले पाउने सबै सुविधामा रोक लगाउने निर्णय गरेको छ। 

प्राधिकरणकै ऐनविरुद्ध समेत मुद्दामा गएको तथा विभिन्न अनियमिततामा समेत छानबीन जारी रहेकोले तत्कालका लागि सबै सेवा सुविधामा रोक लगाउने निर्णय प्राधिकरणले गरेको हो। क्षेत्रीको अनुसन्धान नसकिएसम्म पेन्सन लगायतका कुनै पनि सुविधा पाउने छैनन्। 

५८ वर्षे उमेर हदले अनिवार्य अवकाश लिएका क्षेत्री प्राधिकरण ऐनविरुद्ध सर्वोच्चसमेत गएका छन्। प्राधिकरणको ऐनमै प्रष्ट लेखिएको विषयमा समेत सर्वोच्च अदालतमा पुनः पद थमाउन भन्दै रिट निवेदन दिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलमा बुटिक विमानस्थल बनाउँदा स्वीकृति दिएको रकमभन्दा ५ गुणा बढी खर्च भएको विषयमा छानबीन गरिरहेको छ। खर्चको विषयलाई लिएर महालेखा परीक्षक तथा अख्तियारले बारम्बार चासो देखाएको थियो।

सरकारले बुटिक विमानस्थल बनाउन ७ करोड ३५ लाख रुपैयाँ खर्च गर्न स्वीकृति दिएको थियो। तर तत्कालीन समयमा विमानस्थल कार्यालयमा महाप्रबन्ध राजकुमार क्षेत्रीले आफूखुसी ३६ करोड रुपैयाँ खर्च गरेका थिए। 

  अख्तियारले बुटिक विमानस्थल निर्माणको खर्च विवरण मागेसँगै प्राधिकरणले सबै फाइल केन्द्रीय कार्यालय झिकायो अख्तियारले बुटिक विमानस्थल निर्माणको खर्च विवरण मागेसँगै प्राधिकरणले सबै फाइल केन्द्रीय कार्यालय झिकायो

नेपालमा उडान बन्द भएको अवस्थामा पनि थाई एयरवेजको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमतिपत्रलाई क्षेत्रीले निरन्तरता दिएको विषयमा समेत छानबीन थालेको छ। कुनै पनि सक्रीय उडानमा रहेको एयरलाइन्सले मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै क्षेत्रीले थाईको अनुमतिलाई निरन्तरता दिएका थिए। जसमा राज्यको ५ अर्ब रुपैयाँ गुमेको आशंकामा अख्तियारले छानबीन थालेको छ। 

नियमविपरित थाई एयरवेजलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने पूर्वमहानिर्देशक क्षेत्री अख्तियारको छानबीनमा नियमविपरित थाई एयरवेजलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने पूर्वमहानिर्देशक क्षेत्री अख्तियारको छानबीनमा


प्रकाशित : बुधबार, फागुन १० २०७९१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend