शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड

images
सोमबार, फागुन ८ २०७९
images
पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड
images
images

काठमाडौं- पाइलट र कर्मचारीलाई तलब नदिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई ग्राउन्डेड गरिदिएको छ। पाइटल र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले अनिश्चित कालको लागि गुणको सातवटै जहाज ग्राउन्डेड गरिदिएको हो।  

images
images
images

सातवटा जहाज भएको गुण एयरलाइन्सको गत सातादेखि उडान बन्द थियो। एयरलाइन्सले जहाजमा प्राविधिक समस्या देखिएको भने पनि महिनौँदेखि तलब नदिएपछि कर्मचारीहरूले उडान नै बन्द गरेका थिए। उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएपछि ग्राउन्डेड गरिदिएको प्राकिरणले जनाएको छ।  

images
images

सातवटा जहाज भएको गुण एयरलाइन्सको उडान किन बन्द भयो? सातवटा जहाज भएको गुण एयरलाइन्सको उडान किन बन्द भयो?

images
images

'गुण एयरको अडिट गर्दा कर्मचारीको तलब नदिएको पाइनुका साथै अन्‍य वित्तीय अवस्था पनि खराब देखिएकाले ग्राउन्डेड गरिएको हो, अन्य अध्ययन गरेपछि मात्रै खुला गर्ने कि नगर्ने भन्ने यकिन हुनेछ' प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने। 

तर कम्पनीले भने उडान रोकको कुनै पत्र नपाएको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले बताए। ‘पाइलट तालिम र स्पेयर पार्ट्स कमीका कारण नियमित उडान  प्रभावित भएको हो,’ थापाले भने। सोमबारबाट नियमित उडान गर्ने तयारीमा रहेता पनि कारणवस उडान गर्न नसकिएको समेत थापाले बताए। यता प्राधिकरणले भने सुरक्षामा गम्भीर असर पर्ने भन्दै जहाज उडानमा रोक लगाएको हो।

गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन्। सातवटा जहाज भएपनि यसअघि पनि गुणले तीन वटाभन्दा बढी जहाज उडान गर्न सकेको थिएन।

एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती


प्रकाशित : सोमबार, फागुन ८ २०७९०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend