शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

सातवटा जहाज भएको गुण एयरलाइन्सको उडान किन बन्द भयो?

images
images
images
सातवटा जहाज भएको गुण एयरलाइन्सको उडान किन बन्द भयो?
images
images

काठमाडौं- सातवटा जहाज भएको गुण एयरलाइन्सको उडान बन्द भएको छ। विमानस्थल स्रोतका अनुसार गएको तीनदिनदेखि गुण एयरलाइन्सको सबै उडान बन्द भएको छ।

images
images
images

एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जहाजमा प्राविधिक समस्या देखिएको र क्रु मेम्बरहरूको तालिमका कारण उडान बन्द भएको बताए। साथै उनले कतिपय पार्टपूर्जा आउने क्रम रहेका कारण पनि उडान बन्द भएको र आइतबारबाट पुन: उडान हुने दाबी गरे।

images

यता विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले पनि एयरलाइन्सका जहाजमा प्राविधिक समस्या आएको कारण उडान बन्द गर्ने जानकारी आफूहरूलाई आएको बताए। तर कहिलेबाट उडान हुने भन्ने विषयमा कार्यालयलाई कुनै जानकारी नभएको सिटौलाले बताए।

images

तर एयरलाइन्सका एक कर्मचारीका अनुसार पाइलटहरूले तलबको विषय उठाएर उडान बन्द गरेका हुन्। 'पाइलटहरूले समयमा नै तबल नदिने हो भने हामी जहाज उडान गर्दैनौँ भनेर व्यवस्थापनलाई भनेका थिए। व्यवस्थापनले तलब सहजता गरिदिनुको सट्टा नउडाए नउडाउनुहोस् भनेर भनेपछि पाइलटहरूले जहाज उडान नगर्ने निर्णयका कारण जहाज उडान नभएको हो', ती कर्मचारीले भने।

images
images

गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन्। सातवटा जहाज भएपनि गुणले तीन वटाभन्दा बढी जहाज उडान गर्न सकेको थिएन।

images

प्रकाशित : बिहीबार , फागुन ४ २०७९१२:०१

प्रतिक्रिया दिनुहोस