शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

काल्सबर्गदेखि टुवोर्गसम्मका आधा दर्जन ब्रान्डका गुणस्तरहीन बियर बिक्री गर्नेलाई कारबाही सुरु

images
बुधबार, फागुन ३ २०७९
images
काल्सबर्गदेखि टुवोर्गसम्मका आधा दर्जन ब्रान्डका गुणस्तरहीन बियर बिक्री गर्नेलाई कारबाही सुरु

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै पटकमा आधा दर्जन ब्रान्डका उपभोग्य मिति सकिएका बियर बजारबाट नियन्त्रणमा लिएको छ।

images
images

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै पटकमा आधा दर्जन ब्रान्डका उपभोग्य मिति सकिएका बियर बजारबाट नियन्त्रणका लिएको छ।

images
images
images

विभागको अनुगमन टोलीले  निरिक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर नियन्त्रण लिँदै कारबाही प्रक्रिया सुरु गरेको छ।

images
images

विभागले  करिब ३५५ कार्टुन नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ। काठमाडौंका विभिन्न स्थानमा रहेको गोदामबाट करिक १३ लाख १० हजार रुपैयाँ मुल्य बराबरका बियस नियन्त्रणमा लिएको हो।

images
images

विभागले काठमाडौं सिनामंलगमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैहिगाँउस्थित गोदाममा भण्डार गरिरहेको १३ लाख ९० हजार रुपैयाँ बराबरको बियर नियन्त्रणका लिएको जनाएको छ।

यसैगरी  सुरक्षित उपभोग्य अवधी सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ३०२ कार्टुन बियर सिनामंगलस्थित सिकेट्रेडिङ प्रालिको गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेला पारी नियन्त्रणमा लिई कारवाहीका लागि सिलबन्दी गरिएको विभागले जनाएको छ।

उल्लिखित परिमाणको बियरको बजार मूल्य करिब ८ लाख ७५ हजार पर्ने देखिएको विभागले जनाएको छ। विभागका अनुसार २ वटा गौदाममा सिलबन्दी गरिएका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिएको जनाएको छ।

म्याद गुज्रिएको टुबाेर्ग बियर गाउँगाउँमा म्याद गुज्रिएको टुबाेर्ग बियर गाउँगाउँमा सामान्य पेय बन्दैछ बियर तर, गुणस्तरको मापदण्ड खोइ?  सामान्य पेय बन्दैछ बियर तर, गुणस्तरको मापदण्ड खोइ? 


प्रकाशित : बुधबार, फागुन ३ २०७९१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend