शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

म्याद गुज्रिएको टुबाेर्ग बियर गाउँगाउँमा

images
बिहीबार , कात्तिक ४ २०७८
images
म्याद गुज्रिएको टुबाेर्ग बियर गाउँगाउँमा

म्याद गुज्रिएको बियर भनेपछि व्यापार गरिरहेका व्यवसायी आत्तिएका थिए। उनको पसलमा झन्डै ५ कार्टुनभन्दा बढी म्याद गुज्रिएको बियर बाँकी थियो। 

images
images

काठमाडौं- गोर्खा ब्रुअरीले म्याद गुज्रिएको टुबोर्ग बियर गाउँगाउँमा पठाएको फेला परेको छ। बजारमा स्टक रहेका म्याद गुज्रिएको बियर दसैँ व्यापारलाई लक्षित गर्दै व्यवसायीले गाउँगाउँमा पठाएका हुन्।

images
images
images

ब्रुअरीले उत्पादन गरेको म्याद गुज्रिएको बियर गोरखा तथा धादिङका गाउँगाउँमा फेला परेको हो। गोर्खाको शहीद लखन गाउँपालिकामा पर्ने बुंकोट घाटसहित गोरखा र धादिङ बजारका पसलहरूमा म्याद गुज्रिएको बियर छ्यापछ्याप्ती फेला परेको छ।

images
images

बजारमा म्याद गुज्रिएको बियर बिक्री गरेको फेला परेपछि व्यापारीलाई 'म्याद गुज्रिएको बियर किन बिक्री गरेको' भनेर प्रश्न गर्दा व्यापारीहरूले केही दिन अगाडि मात्रै गोरखा बजारबाट ल्याएर बिक्री गरेको बताए।

images
images

एउटै पसलमा म्याद गुज्रिएका र नगुज्रिएका बियर बिक्री भइरहेको थियो। ६ सय ५० एमएलको टुबोर्ग बियर असोज २७ गते खरिद गर्दा २ महिना अगाडि नै म्याद गुज्रिएको फेला परेको थियो। तर त्यही पसलमा रहेको ३ सय ३० एमएलको बियर भने म्याद सकिएको थिएन।

म्याद गुज्रिएको बियर भनेपछि व्यापारी आत्तिएका थिए। व्यापारीहरुको पसलमा झन्डै ५ कार्टुनभन्दा बढी म्याद गुज्रिएको बियर बाँकी थियो। 

बियर बजारबाट गाउँमा ल्याएको कति समय भयो भनेर सोधेको थियौं। बिजनेस न्युजको प्रश्नमा बियर बजारबाट ल्याएको एक साता पनि नभएको व्यापारीहरूको भनाइ थियो।

myad gako beer.jpg
म्याद गएर पनि बजारमा बिक्री भइरहेको बियर।

यो त एउटा उदाहरण मात्रै हो। अहिले अधिकांश बियर उत्पादक कम्पनीहरूले बियरको म्याद गुज्रिन लागेपछि गाउँगाउँमा पठाउने कि त स्किममा बिक्री गरेर स्टक क्लियरेन्स गरिरहेका छन्।

हामीले गोर्खा ब्रुअरीका सुरेन्द्र सिलवाललाई बजारमा त म्याद गुज्रिएको बियर व्यापार भइरहेको छन नी भने प्रश्न गरेको थियौँ। हाम्रो प्रश्नमा उनले बजारमा कहाँ कसरी बियरको म्याद गुज्रिन्छ र व्यापार भइरहेका छ त्यसमा कम्पनीलाई थाहा नहुने बताए।

बियरको बोतलमा बीबी (उपभोग योग्य समय) भनेर राखिएको हुन्छ। गोर्खा ब्रुअरीले आफ्नो बियरको बोतलमा ९ महिनाको उपभोग योग्य समय भनेर राखेको हुने र उक्त समयपछि बिक्री वितरण गर्न नहुने सिलवाल बताउँछन्।

‘समय सकिएको बियर बिक्री गर्न पाइन्न’, उनले भने ‘हामीले उद्योगबाट बिक्रेता कहाँ पठाइसकेका हुन्छौं। बिक्रेता कहाँ पुगेको बियरमा उपभोग्य समय सकिए पनि म्याद नै गुज्रिएको त म भन्दिनँ। तोकिएको समय भित्र उपभोग गर्न राम्रो भनिएको हो।’

बिक्रेताबाट खुद्राबजारसम्म बियर पुग्दा कम्पनीको पकेटभित्र नरहने भन्दै सिलवालले म्याद गुज्रिएको बियरमा आफूहरूको दायित्व नरहेको भन्दै पन्छिएका छन्।

‘हामीले पनि जनतालाई सचेत गराउने नै उपभोग्य समय लेखेर पठाएका छौं,’ उनले भने, ‘तर, कहाँ कहिले  बियर लिएर व्यावसायीले स्टक राख्छन् वा लुकाएर राख्छन् त्यसमा कम्पनी जोडिँदैन।’

उपभोग्य मिति नै नलागेर बियर पठाएको भए कम्पनी जिम्मेवारी हुने हो तर कम्पनीले मिति राखेर पठाएपछि सबैले त्यसलाई हेरेर बिक्री गर्ने वा उपभोग गर्नु पर्ने उनको भनाइ छ।

के भन्छ नियामक निकाय

बियर पनि खाद्य बस्तु भित्रै पर्दछ। खाद्य बस्तु भित्रै पर्ने भएपछि यसको गुणस्तको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमन गर्नु पर्दछ। तर विभागले अहिलेसम्म बजारमा बियरको अनुगमन गरेको छैन। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले म्याद गुज्रिएको सामान कुनै पनि बिक्री गर्न नपाउने बताउँछन्।

‘बियरको हकमा पनि त्यही हो,’ उनले भने, ‘म्याद गुज्रिएको सामान बिक्री भएको फेला परेमा सामानको जफत गर्ने र नष्ट गर्ने हो। त्यसपछि कानुनी प्रक्रियामा कारबाही हुन्छ।’

बियरका विषयमा पछिल्लो सयम धेरै नै गुनासो आउने थालेको र विभागले पनि अब अनुगमन गर्ने उनको भनाइ छ।

बजारमा म्याद गुज्रिएको सामान उपभोगबाट जोगिन ग्राहकले पनि म्याद हेर्नु पर्ने र व्यापारीले पनि म्याद गुज्रिएको बियर बिक्री गर्न नहुने उनको भनाइ छ। कम्पनीको उत्पादन म्याद गुज्रिएपछि पनि बजारमा बिक्री हुन्छ भने कम्पनी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

अहिले कतिपय उद्योगले आफ्नो उत्पादनमा उत्पादन मिति स्पष्टसँग खुलाउने भए पनि उपभोक्तालाई झुक्काउन उपभोग मिति अंग्रेजीमा (बीबी) लेख्ने गरेका छन्। यो पनि कानुन विपरित रहेको उनको भनाइ छ।


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend