काठमाडौं- सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँले बढेको हो। बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि १ हजार २ सय ६० रुपैयाँ ताेकिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।