शुक्रबार, असोज ४ गते २०८१    
images
images

 सामलिङ्ग पावर कम्पनीको आइपीओ खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
images
images
 सामलिङ्ग पावर कम्पनीको आइपीओ खुल्यो

यो कम्पनीले इलाममा ९.५१ मेगावाट क्षमताको माइवेनी हाइड्रो सञ्चालनमा ल्याइसकेको छ।   

images
images

काठमाडौं- सामलिङ्ग पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ। 

images
images
images

७ करोड ३ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन आजदेखि गरिएको हो। कात्तिक ८ सम्मका लागि खुल्ने यसमा कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। 

जसमा २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओको निष्काशन बन्द छिटोमा कात्तिक ८ गते र ढिलोमा कात्तिक १८ गते बैंकिङ समयपछि बन्द हुनेछ।

images

यो कम्पनीले इलाममा ९.५१ मेगावाट क्षमताको माइवेनी हाइड्रो सञ्चालनमा ल्याइसकेको छ।   


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०४:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend