सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौं-विराटनगर उडान आज पनि स्थगित 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
काठमाडौं-विराटनगर उडान आज पनि स्थगित 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बज बेलुका  पाँच बजेसम्मका लागि नोटाम जारी गरेका कारणले आजका सबै उडान स्थगन भएका हुन्। 

काठमाडौं- वर्षाका कारणले गर्दा विराटनगर विमानस्थल जलमग्न भएपछि बुधबारदेखि रोकिएको उडान आज पनि नखुल्ने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बज बेलुका  पाँच बजेसम्मका लागि नोटाम जारी गरेका कारणले आजका सबै उडान स्थगन भएका हुन्। 

एयरलाइन्सहरूले आजका उडान स्थगित गरिएको जानकारी गराएका छन्। 

यसअघि नै आजका लागि बुकिङ गरेका यात्रुलाई उडान मिति सार्न दिइने वा रकम फिर्ता दिइने एयरलाइन्सहरूले जानकारी दिएका छन्। 

विराटनगर विमानस्थलको अवस्था बुझ्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले टोली काठमाडौंबाट जाने भएको छ। उक्त प्राविधिक टोलीले अनुगमन गरेपछिमात्र उडान खोल्ने वा नखोल्ने विषयमा निर्णय हुने छ। 


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend