सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ब्याजदर परिमार्जन गरे बैंकहरूले 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
ब्याजदर परिमार्जन गरे बैंकहरूले 

उद्योगी व्यवसायीहरूले चर्को ब्याजका कारण अर्थतन्त्र नै समस्यामा पर्नसक्ने भन्दै दबाब दिएपछि अर्थमन्त्रालयदेखि राष्ट्र बैंकसम्म योबीचमा सक्रिय भएका थिए। 

काठमाडौं- कात्तिक १ गतेदेखि लागू हुनेगरि ११ प्रतिशत माथिको ब्याजदर प्रकाशित गरेका बैंकहरू नेपाल राष्ट्र बैंकको निर्देशनपछि संशोधन गर्न बाध्य भएका छन्। 

राष्ट्र बैंकले ब्याजदरको वृद्धिमा सीमा तोकिदिएपछि बैंकहरुले कात्तिक १ गते निकालेको दरमा परिमार्जन गरेका हुन्। वाणिज्य बैंकहरूले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। 

बजारमा ऋणको तुलनामा निक्षेपको मात्रा न्यून हुँदै गएपछि बैंकहरू दबाबमा परेका थिए। उनीहरूले निक्षेप आकर्षित गर्न भन्दै ब्याज बढाउनमा होडबाजी गरेका थिए। 

उद्योगी व्यवसायीहरूले चर्को ब्याजका कारण अर्थतन्त्र नै समस्यामा पर्नसक्ने भन्दै दबाब दिएपछि अर्थमन्त्रालयदेखि राष्ट्र बैंकसम्म योबीचमा सक्रिय भएका थिए। 

राष्ट्र बैंकले कुनै पनि बैंकले ब्याज बढाउँदा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी वृद्धि गर्न नपाइने निर्देशन दिएको थियो। यही निर्देशनका कारणले अधिकांश वाणिज्य बैंकहरूले १० प्रतिशतभन्दा मुनी ब्याजदर निर्धारण गरेका छन्। 

धेरैजसो बैंकको मुद्दती निक्षेपमा ब्याजदर ९.३६ प्रतिशत रहेको छ। एनआईसी तथा हिमालय बैंकले पनि यही सीमाभित्र ब्याज ल्याएका छन्। 


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०४:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend