सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लुम्बिनी पारी भारतको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
लुम्बिनी पारी भारतको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन 

नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरणका लागि भारतले अहिलेसम्म पनि सहमति दिएको छैन।

काठमाडौं- भारतले उत्तर प्रदेशको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ। 

बुद्ध धर्मावलम्बीलाई लक्षित गरिएको यो विमानस्थलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार उद्घाटन गरेका हुन्। 

बुद्धिस्ट धर्मावलम्बीको बाहुल्यता भएका देशसँगको उडानलाई लक्षित गरेर विमानस्थल सञ्चालनमा ल्याइएको हो। कुशीनगर विमानस्थलाई उत्तर प्रदेश सरकारले सन् २०१९ मा अन्तर्राष्ट्रिय विमानस्थल घोषणा गरेको थियो। विमानस्थल परियोजनाको सुरुवात भने सन् २००८ देखि नै भएको थियो। 

सन् २०२० मा भारतको एयरपोर्ट अथोरिटी लाइसेन्स दिएको थियो। 

विमानस्थलमा पहिलो उडान नै श्रीलङ्काको कोलम्बोबाट भएको थियो। १२५ भिक्षुलाई श्रीलंकन एयरलाइन्सको जहाज कुशीनगरमा अवतरण गरेको थियो। २ अर्ब ६० करोड भारुमा निर्माण भएको यो विमानस्थलमा ३ हजार २ सय मिटर लामो धावनमार्ग छ। प्रतिघण्टा आठ अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नसक्ने यसको क्षमता रहेको छ। 

नेपालले लुम्बिनीलाई नै लक्षित गरेर भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको छ। सन् २०१४ देखि नै निर्माणको काम सुरु भएपनि यो विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कुशीनगर विमानस्थल बीचको दूरी १५० किलोमिटर पनि छैन। 

नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरणका लागि भारतले अहिलेसम्म पनि सहमति दिएको छैन। अवतरण गर्दा भारतीय आकाशबाटै अप्रोच गर्नुपर्ने भएकाले भारतीय सहमति आवश्यक हुन्छ। तर भारतले उक्त सहमति नदिँदा नेपालभित्रकै आकाशलाई आधार बनाएर नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान/अवतरण कार्यविधि बनाइरहेको छ। 

 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend