बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री पौडेल

images
आइतबार, माघ २९ २०७९
images
images
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री पौडेल

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको अर्थमन्त्री पौडेलले बताएका छन्।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताए।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको अर्थमन्त्री पौडेलले बताएका छन्।

images

'निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई विश्वसनीय र सहयोगी बनाउन, राजस्व परिचालनमा देखिएको विकृति र विचलनलाई सुधार ल्याउन बजेट कार्यान्वयनमा विद्यमान समस्यमा समाधान गर्न र वित्तीय क्षेत्रमा देखा परेका समग्र समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको छु', उनले भने, 'तथापि, संरचनागत सीमितता र केही अन्तर्राष्ट्रिय असरका कारण सुधारका प्रयासले ठोस् नतिजा दिन समय लाग्ने देखिएको छ।'

images

'अर्थतन्त्रको विद्यमान प्रवृत्ति आँकलन गर्दा आठ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने देखिँदैन', अर्थमन्त्री पौडेलले भने।

कृषितर्फ धानको उत्पादनमा यसवर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै जानु सकारात्मक पक्ष भएपनि उत्पादनमूलक उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएकाले आर्थिक वृद्धिदरमा सुस्तता आएको अर्थमन्त्री पौडेलेले बताए।

त्यस्तै, चालु आर्थिक वर्षका लागि मूल्यवृद्धिमा राखिएको वाञ्छित सीमा नाँघेको छ। 'चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा गत पुस मसान्तसम्म आइपुग्दा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति सात दशमलव २६ प्रतिशत पुगेको छु, अर्थमन्त्री पौडेलले भने।

मन्त्री पौडेलले बजेट सन्तुलन कायम गर्ने, खर्चको प्राथमिकीकरणको गुणस्तर बढाउने पुँजीगत खर्च वृद्धिमा जोड दिने, अत्यावश्यक बाहेकका खर्च कटौती गरी मितव्ययिता कायम गर्ने तथा राजस्व प्रशासनलाई चुस्त दुरुस्त बनाउने, कर परिपालना बढाउने र चुहावटमा कडाइ गर्ने नीति लिएको पनि सदनलाई जानकारी गराए। 

सरकारले २ खर्ब ४४ अर्बले घटायो बजेटको आकार सरकारले २ खर्ब ४४ अर्बले घटायो बजेटको आकार

सरकारले चालु आर्थिक वर्षका लागि बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको छ। बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सरकारले सुरुमा ल्याइएको बजेटमा १४ प्रतिशत न्यून खर्च हुने प्रक्षेपण गरेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै अर्थमन्त्री पौडेलले राजस्व संलकनमा आएको कमी तथा सुस्त आर्थिक गतिविधिका कारण सुरुवाति प्रक्षेपणअनुसारको बजेट खर्च हुने अवस्था नरहेको बताए। 


प्रकाशित : आइतबार, माघ २९ २०७९१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend