शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

बेमौसमी वर्षाका कारण ८ सडक अवरुद्ध, १३४ सडक आंशिक मात्रै सञ्चालन

images
बुधबार, कात्तिक ३ २०७८
images
बेमौसमी वर्षाका कारण ८ सडक अवरुद्ध, १३४ सडक आंशिक मात्रै सञ्चालन

वर्षा सुरु भएपछि २३८ सडक अवरुद्ध भएकामा आठ हाल अवरुद्ध छन् भने बाँकी सञ्चाचलनमा छन्। आजसम्ममा १३४ आशिंकरूपमा र ९६ दुवैतर्फ चालु रहेको छ।

images
images

काठमाडौं- केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन्। पुष्पलाल राजमार्ग, डुम्रे-बेँसीसहर-चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो।

images
images
images

पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी-जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्काेट-घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक अवरुद्ध छ। डुम्रे-बेँसीसहर-चामे सडक मनाङ जिल्लाको विभिन्न खण्डमा अवरुद्ध छ। सो सडक अहिले निगालाघारी, खोत्रो र दानाक्युमा अवरुद्ध रहेको छ।

images
images

बझाङमा खोड्पे-चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी-सहजपुर-वुडर सडक र सतबाँझ-थाकतोली-दार्चुला-तिङ्कर सडक पनि मङ्गलबारदेखि नै अवरुद्ध छ। कालिकोट जिल्लामा सुर्खेत तल्लो डुङगेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक विभिन्न चेनेजमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ।

images
images

यो महिनाको सुरुदेखि भइरहेको वर्षाका कारण जम्मा १२ सडक अवरुद्ध भएकामा अहिले चार सडक खुलाइसकिएको विभागले जनाएको छ। कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकामा एकातर्फबाट खुलाइएको छ। राप्ती राजमार्गअन्र्तगत सल्यानमा अरिङ्गलेफेदीमा अवरुद्ध भएकामा एकातर्फबाट चालु भएको छ। सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट चल्न थालेको हो। विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि मङगलबार सडक अवरुद्ध भएको थियो । सडक थप खुलाउने काम भइरहेको छ। 

वर्षाकै कारण अवरुद्ध भएको भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा अवरुद्ध भएकामा अहिले चालु भइसकेको छ। 

यो वर्ष जेठबाट नै वर्षा सुरु भएर राष्ट्रिय राजमार्ग विभिन्न खण्डमा अवरुद्ध भइरहेका छन्। वर्षा सुरु भएपछि २३८ सडक अवरुद्ध भएकामा आठ हाल अवरुद्ध छन् भने बाँकी सञ्चाचलनमा छन्। आजसम्ममा १३४ आंशिकरूपमा र ९६ दुवैतर्फ चालु रहेको विभागले जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend