सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तरलता अभाव कायमै, १० अर्ब रकम बजारमा पठाउँदै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
तरलता अभाव कायमै, १० अर्ब रकम बजारमा पठाउँदै राष्ट्र बैंक

लगानीयोग्य पुँजीको अभाव हुँदा बैंकहरु पछिल्लो समय ब्याजर वृद्धिमा आक्रामक देखिएका थिए। राष्ट्र बैंकले हस्तक्षेप गर्दै निर्देशन जारी गरेको थियो। 

काठमाडौं- बजारमा तरलता अभाव कायमै रहेपछि नेपाल राष्ट्र बैंकले फेरि बजारमा पैसा पठाउने भएको छ। 

नेपाल राष्ट्र बैंकले कात्तिक ४ गते सात दिनका लागि १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन  लागेको हो। 

बोलकवोलको माध्यमबाट बैंकले कात्तिक ४ गते १० अर्बको रिपो जारी गर्न लागेको हो। 

यसमा क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरु सहभागी हुन पाउनेछन्। 

लगानीयोग्य पुँजीको अभाव हुँदा बैंकहरु पछिल्लो समय ब्याजर वृद्धिमा आक्रामक देखिएका थिए। राष्ट्र बैंकले हस्तक्षेप गर्दै निर्देशन जारी गरेको थियो। 

लिखित बाहेक पनि राष्ट्र बैंकका अधिकारीहरु ब्याजदर घटाउनमा सक्रिय देखिएका छन्। 

प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१२:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend