शुक्रबार, असोज ४ गते २०८१    
images
images

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई राहतस्वरुप दुई लाख दिने

images
बुधबार, कात्तिक ३ २०७८
images
images
बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई राहतस्वरुप दुई लाख दिने

पछिल्‍लो विवरणअनुसार बाढी पहिरोबाट विभिन्न १९ जिल्लामा ५२ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी हराइरहेका छन्।

images
images

काठमाडौं- बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई सरकारले प्रतिपरिवार दुई लाख रुपैयाँ राहत दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले राहत घोषणा गरेको हो।

images
images
images

पछिल्‍लो विवरणअनुसार बाढी पहिरोबाट विभिन्न १९ जिल्लामा ५२ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी हराइरहेका छन्।

परिवारको एक जनाको मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार दुई लाख रुपैयाँ र एक जनाभन्दा धेरै मृत्यु भएको अवस्थामा प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय भएको हो। 

यस्तै घाइतेको उपचार पनि निःशुल्क गर्ने सरकारले निर्णय गरेको छ।

images

घर बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन तथा व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै नभएका पीडित परिवारलाई प्रतिव्यक्ति ५ जनासम्म सदस्य भएका परिवारमा १५ हजार रुपैयाँ र ५ जना भन्दा बढी सदस्य भएको परिवारमा २० हजार रुपैयाँ तत्काल नगदसहायता उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

यसअघि बुधबार नै प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अस्थायी सेल्टर निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिने विगतको कार्यविधिअनुसार काम अघि बढाइएको जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend