सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बाढि, पहिरो र डुवानबाट पीडितलाई सरकारले क्षतिपूर्ति दिने

बुधबार, कात्तिक ३ २०७८
बाढि, पहिरो र डुवानबाट पीडितलाई सरकारले क्षतिपूर्ति दिने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढि, पहिरो र डुवानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।

काठमाडौं- बाढि, पहिरो र डुवानबाट पीडितलाई सरकारले क्षतिपूर्ति दिने भएको छ। अस्थायी सेल्टर निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिने विगतको कार्यविधिअनुसार काम अघि बढाइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताम बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढि, पहिरो र डुवानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।

केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर ३१ जनाको मृत्यु भएको छ। ४३ जना बेपत्ता भएका छन्। विपदमा परेर २२ जना घाइते छन्। सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उहाँले राससलाई जानकारी दिनुभयो । उहाँले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताउनुभयो । अहिलेसम्म विभिन्न जिल्लाबाट ७ सय जनाको उद्धार गरिएको छ।

बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ। नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ। 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend