सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विराटनगर विमानस्थल डुबानमा परेपछि एयरलाइन्सले थपे भद्रपुर उडान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
विराटनगर विमानस्थल डुबानमा परेपछि एयरलाइन्सले थपे भद्रपुर उडान

नियमित उडानमा केही संख्या थप गरेर उनीहरूले यात्रुलाई टिकट लिन आव्हान गरेका छन्। कतिपय विराटनगर जानका लागि विमानस्थल पुगेकै यात्रुहरू पनि भद्रपुर जान खोजिरहेका छन्। 

काठमाडौं-  आन्तरिक उडान गर्ने एयरलाइन्सहरूले काठमाडौं - भद्रपुर उडान थप गरेका छन्। 

विराटनगर विमानस्थलमा बाढी बसेर उडान अवतरण गर्न नसक्ने अवस्था भएपछि एयरलाइन्सहरूले भद्रपुरका लागि उडान थप गरेका हुन्। 

नियमित उडानमा केही संख्या थप गरेर उनीहरूले यात्रुलाई टिकट लिन आव्हान गरेका छन्। कतिपय विराटनगर जानका लागि विमानस्थल पुगेकै यात्रुहरू पनि भद्रपुर जान खोजिरहेका छन्। 

काठमाडौंबाट भद्रपुरका लागि अहिलेका लागि यती एयरलाइन्सले दुई उडान थप गरेको छ। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुकै मागअनुसार अहिलेका लागि उडान थप गरिएको बताए। 

त्यस्तै बुद्ध एयरले पनि भद्रपुरका लागि उडान थप गरिएको जानकारी दिएको छ। बुद्ध एयरले उडान थप गरेको र यात्रुको मागअनुसार उडान हुँदै जाने भएकाले अहिले नै उडान संख्या निश्चित नभएको बताएको छ। 

प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend