शुक्रबार, असोज ४ गते २०८१    
images
images

विराटनगर विमानस्थल डुबानमा परेपछि एयरलाइन्सले थपे भद्रपुर उडान

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
images
images
विराटनगर विमानस्थल डुबानमा परेपछि एयरलाइन्सले थपे भद्रपुर उडान

नियमित उडानमा केही संख्या थप गरेर उनीहरूले यात्रुलाई टिकट लिन आव्हान गरेका छन्। कतिपय विराटनगर जानका लागि विमानस्थल पुगेकै यात्रुहरू पनि भद्रपुर जान खोजिरहेका छन्। 

images
images

काठमाडौं-  आन्तरिक उडान गर्ने एयरलाइन्सहरूले काठमाडौं - भद्रपुर उडान थप गरेका छन्। 

images
images
images

विराटनगर विमानस्थलमा बाढी बसेर उडान अवतरण गर्न नसक्ने अवस्था भएपछि एयरलाइन्सहरूले भद्रपुरका लागि उडान थप गरेका हुन्। 

नियमित उडानमा केही संख्या थप गरेर उनीहरूले यात्रुलाई टिकट लिन आव्हान गरेका छन्। कतिपय विराटनगर जानका लागि विमानस्थल पुगेकै यात्रुहरू पनि भद्रपुर जान खोजिरहेका छन्। 

काठमाडौंबाट भद्रपुरका लागि अहिलेका लागि यती एयरलाइन्सले दुई उडान थप गरेको छ। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुकै मागअनुसार अहिलेका लागि उडान थप गरिएको बताए। 

images

त्यस्तै बुद्ध एयरले पनि भद्रपुरका लागि उडान थप गरिएको जानकारी दिएको छ। बुद्ध एयरले उडान थप गरेको र यात्रुको मागअनुसार उडान हुँदै जाने भएकाले अहिले नै उडान संख्या निश्चित नभएको बताएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend