बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजार उही बिन्दु वरपर, पर्ख र हेरको अवस्थामा छन् लगानीकर्ता

१ अर्ब ९३ करोडको मात्र कारोबार

आइतबार, माघ २२ २०७९
सेयर बजार उही बिन्दु वरपर, पर्ख र हेरको अवस्थामा छन् लगानीकर्ता

काठमाडौं- गएको साता ८८.५८ अंकले घटेको सेयर बजारमा यो साता पनि अपेक्षाकृत सुधार हुन सकेको छैन। नयाँ सरकार आएसँगै सुधारतर्फ बढेको भनिएको बजारमा पुन: उतारचढाव आइरहेको हो। 

साताको पहिलो कारोबारमा आइतबार १.५४ अंकले बढेर बजार २०९६.०८ बिन्दुमा पुगेको छ। गएको केही सातायता कारोबार रकममा आइतबार व्यापक कमी आएको छ। १ सय ८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ९३ करोड १७ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

गएको साता आइतबार १४.६८ अंकको गिरावट आएको बजार सोमबार ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा झरेको थियो। मंगलबार पुन: १५.७४ अंकको गिरावट देखियो। बुधबार ४.९७ अंकले बढेको बजार बिहीबार २२.१२ अंकले घटेर बजार २०९४.५४ बिन्दुमा झरेको थियो। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिएको विश्लेषकहरू बताउँछन्। तरलता अधिक भएसँगै सेयर बजारको कर्जामा फुकुवा हुने आशमा लगानीकर्ता देखिएका छन्।

केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  

सरकारले पुँजी बजारलाई ध्यानमा राखेर काम गर्ने बताउँदै आइरहेको छ। 'सेयर बजार अर्थतन्त्रको अवस्थालाई एक प्रकारले प्रकट गर्ने एउटा सूचक हो। संसारभर यसैगरि हेरिन्छ। सबैका सुझाव सुनेर कार्यान्वयन गर्दै सकारात्मक बाटोमा जानुपर्छ भन्ने मेरो बुझाइ हो' बिजनेस न्युजसँगको अन्तर्वार्तामा अर्थमन्त्री विष्णु पौडेलले भनेका छन्। 


प्रकाशित : आइतबार, माघ २२ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend