सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुदूरपश्चिम प्रदेशले ९ जिल्लालाई २५ लाखको दरले विपद् व्यवस्थापन सहयोग दिँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
सुदूरपश्चिम प्रदेशले ९ जिल्लालाई २५ लाखको दरले विपद् व्यवस्थापन सहयोग दिँदै

'वर्षापछि उत्पन्न विपद्का बेला सबैलाई राहत, पुनःस्थापना र उद्धारमा परिचालित हुन आग्रह गर्ने निर्णयसमेत गरिएको छ।'

काठमाडौं- सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को म‌ंगलबार बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
  
तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै पुगेको धनजनको क्षतिपछि पीडितको उद्धार, राहतलगायतका कार्य गर्नका लागि प्रदेशका सबै नौ जिल्लालाई उक्त कोषबाट तत्काल २५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णयसमेत गरिएको बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए। 
 
मन्त्री जोशीले भने, 'वर्षापछि उत्पन्न विपद्का बेला सबैलाई राहत, पुनःस्थापना र उद्धारमा परिचालित हुन आग्रह गर्ने निर्णयसमेत गरिएको छ।' रासस


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend