शुक्रबार, असोज ४ गते २०८१    
images
images

बैंकमा एक महिनाकाे कर्जा निक्षेपभन्दा २९ अर्ब बढी

images
मंगलबार, कात्तिक २ २०७८
images
images
बैंकमा एक महिनाकाे कर्जा निक्षेपभन्दा  २९ अर्ब बढी

तरलता अभावका कारण ब्याजदरमा हानथाप गरिरहेका वाणिज्य बैंकहरुले असोज महिनामा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी गरेका छन्।

images
images

काठमाडौं- तरलता अभावका कारण ब्याजदरमा हानथाप गरिरहेका वाणिज्य बैंकहरुले असोज महिनामा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी गरेका छन्।

images
images
images

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो महिना (भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म) बैंकहरुले ९७ अर्ब रुपैयाँ निक्षेप संकलन र १ सय २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।  

असोज ३१ गतेसम्म बैंकहरुले ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। भदौ ३१ गतेसम्म बैंकहरुमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ मात्र निक्षेप थियो। 

यता, बैंकहरुले असोज ३१ गतेसम्म आइपुग्दा ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। भदौ ३१ गतेसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

images


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend