सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बैंकमा एक महिनाकाे कर्जा निक्षेपभन्दा २९ अर्ब बढी

मंगलबार, कात्तिक २ २०७८
बैंकमा एक महिनाकाे कर्जा निक्षेपभन्दा  २९ अर्ब बढी

तरलता अभावका कारण ब्याजदरमा हानथाप गरिरहेका वाणिज्य बैंकहरुले असोज महिनामा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी गरेका छन्।

काठमाडौं- तरलता अभावका कारण ब्याजदरमा हानथाप गरिरहेका वाणिज्य बैंकहरुले असोज महिनामा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी गरेका छन्।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो महिना (भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म) बैंकहरुले ९७ अर्ब रुपैयाँ निक्षेप संकलन र १ सय २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।  

असोज ३१ गतेसम्म बैंकहरुले ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। भदौ ३१ गतेसम्म बैंकहरुमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ मात्र निक्षेप थियो। 

यता, बैंकहरुले असोज ३१ गतेसम्म आइपुग्दा ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। भदौ ३१ गतेसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend