सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कतार एयरवेजले पायो विश्वकै उत्कृष्ट एयरलाइन्सको रेटिङ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
कतार एयरवेजले पायो विश्वकै उत्कृष्ट एयरलाइन्सको रेटिङ

संसारभरका ३५६ एयरलाइन्सलाई सर्वेक्षणमा राखिएको थियो। अनलाइन बुकिङ, चेकइन प्रक्रिया, एयरलाइन्सका कर्माचारीको व्यवाहर, सिट सहजता, गुणस्तरीय खाना र मनोरञ्जन जस्ता विषयमा यात्रुहरूलाई सर्वेक्षणका क्रममा प्रश्नावली राखिएको थियो। 

काठमाडौं- यात्रुहरूमाझ गरिएको एउटा सर्वेक्षणबाट कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा छनौट भएको छ। 

कोरोना महामारीकै बीचमा १ करोड ३० यात्रुमाझ गरिएको सर्वेक्षणबाट सबैभन्दा धेरै यात्रुले कतार एयरवेजलाई उत्कृष्ट ठहर गरेका थिए। 

यात्रुमाझ सर्वेक्षण गरेर एयरलाइन्सको रेटिङ गर्दै आएको स्काइट्रयाक्सले सन् २०२० मा रेटिकङ स्थगन गरेको थियो। 

संसारभरका ३५६ एयरलाइन्सलाई सर्वेक्षणमा राखिएको थियो। अनलाइन बुकिङ, चेकइन प्रक्रिया, एयरलाइन्सका कर्माचारीको व्यवाहर, सिट सहजता, गुणस्तरीय खाना र मनोरञ्जन जस्ता विषयमा यात्रुहरूलाई सर्वेक्षणका क्रममा प्रश्नावली राखिएको थियो। 

यस्तो सर्वेक्षण सेप्टेम्बर २०१९ देखि जुलाई २०२१ सम्मको अवधिमा गरिएको थियो। 

क्षेत्रीय रेटिङमा डेल्टा एयरलाइन उत्तर अमेरिकाको उत्कृष्ट एयरलाइन्स छ भने जापान एयरलाइन्स संसरकै उत्कृष्ट इकनोमिक क्लासको एयरलाइन्सका रुपमा रहेको छ। संसारकै उत्कृष्ट बजेट एयरलाइन्समा  एयर एसिया रहेको छ। 

एसियाको उत्कृष्ट एयरलाइनमा सिंगापुर एयरलाइन्स रहेको छ। 

उत्कृष्ट १० एयरलाइन्सको सूची 

१. कतार एयरवेज
२. सिंगापुर एयरलाइन्स
३. एनएन अल निप्पोन एयरवेज
४. इमिरेट्स
५. जापान एयरलाइन्स
६.  क्याथे प्यासिफिक एयरवेज
७. इभा एयर
८. क्वान्टास एयरवेज
९. हनान्स एयरलाइन
१०. एयर फ्रान्स 

प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०८:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend