सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आधा सहुलियत कर्जा व्यावसायिक कृषिमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
आधा सहुलियत कर्जा व्यावसायिक कृषिमा

सरकारले ब्याजमा अनुदान दिने यस्तो सहुलियत कर्जा भदौ मसान्तसम्म कूल २ खर्ब १७ ऋण  स्वीकृत भएको छ। यसमा  १ खर्ब ८७ अर्ब ऋण परिचालन हुन बाँकी छ। 

काठमाडौं- ब्याज अनुदान पाइने सहुलियत कर्जा उपयोग गर्नेमा सबैभन्दा अगाडि व्यावसायिक कृषि तथा पन्छी क्षेत्र रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो क्षेत्रले कूल १ खर्ब ४२ अर्ब ऋण स्वीकृति पाएको छ।

पाँच प्रतिशत ब्याज अनुदान पाउने दश समूहमध्ये सबैभन्दा अघि कृषि क्षेत्र देखिएको हो। ऋण उपयोग गर्ने संख्या भने सबैभन्दा धेरै महिला उद्यमशील कर्जा अन्तर्गत देखिएका छन्। यो शीर्षकमा ६९ हजारले ऋण स्वीकृत गराएका छन्। 

सरकारले ब्याजमा अनुदान दिने यस्तो सहुलियत कर्जा भदौ मसान्तसम्म कूल २ खर्ब १७ ऋण  स्वीकृत भएको छ। यसमा  १ खर्ब ८७ अर्ब ऋण परिचालन हुन बाँकी छ। 

अनुदान बापत भदौ मसान्तसम्म ७ अर्ब ८० करोड ८७ लाख अनुदानबापत खर्च भएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

 


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend