बिहीबार , चैत १५ गते २०८०    
images
images

बिदामा सौराहाका होटल भरिभराउ

images
बिजनेस न्युज
images
बिदामा सौराहाका होटल भरिभराउ

कतिपय होटल फूलपाती यता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । 

images
images

काठमाडौं- दसैँ बिदाका समयमा जिल्लाको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् ।
 
दसैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नपाएपछि फर्किनु परेको थियो । फूलपाती र अष्टमीका दिनमा पनि ६५ प्रतिशतभन्दा बढी होटलका कोठा भरिएको उनले बताए।
 
कतिपय होटल फूलपाती यता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । 
 
काठमाडौँ, पोखरा र पूर्वी नेपालका धेरै पर्यटक आफ्नो होटलमा आएको उनको भनाइ छ । होटलमा कोठा खाली नभएपछि धेरै पाहुनालाई अन्य होटलमा पठाउनु परेको उनले बताए। 

images
images
images

images

प्रकाशित : सोमबार, कात्तिक १ २०७८१२:४०
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ