शनिबार, वैशाख ८ गते २०८१    
images
images

‘आन्तरिक उडानका जहाजलाई काठमाडौं बाहिर पार्किङको व्यवस्था गरिने’

images
images
‘आन्तरिक उडानका जहाजलाई काठमाडौं बाहिर पार्किङको व्यवस्था गरिने’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक उडानमा अत्याधिक चाप हुदाँ पार्किङको समस्या रहेको बताउँदै काठमाडौं बाहिरका विमानस्थलमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। 

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक उडानमा अत्याधिक चाप हुदाँ पार्किङको समस्या रहेको बताउँदै काठमाडौं बाहिरका विमानस्थलमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। 

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको समेत बताए। ‘जहाजपार्किङका लागि समस्या भएको छ, जहाज बिहानको समयमा अन्य ठाउँबाट पनि उडान गर्न सक्ने गरी पहल भइरहेको छ,’ मन्त्री आलेले भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन्। 
सोमबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास समेत दिलाए। अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने समेत बताए।  

images

मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताए।  

images

मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास समेत दिलाए।  नेपाल वायुसेवा निगमका कर्मचारीले यात्रुसँग रुखो व्यवहार गर्ने यात्रुले मन्त्री आलेसमक्ष गुनासो गरेका थिए । रासस

images
images

images

प्रकाशित : सोमबार, कात्तिक १ २०७८११:४३

प्रतिक्रिया दिनुहोस