सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दुई सातालाई बन्द भयो स्कोडाको कार उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
दुई सातालाई बन्द भयो स्कोडाको कार उत्पादन

कम्पनी अक्टोबर १८ देखि दुई साताका लागि उत्पादन बन्द गर्ने  निर्णयमा पुगेको हो। 

काठमाडौं- स्कोडाले दुई सातालाई कार उत्पादन बन्द गर्ने निर्णय गरेको छ। सोमबार कम्पनीले यस्तो निर्णय गरेको हो।

विश्वभर कार उत्पादनका लागि आश्वकयक पर्ने चिप (सेमिकन्डक्टर) तथा अन्य पार्टस्को अभाव हुँदा यस्तो निर्णयमा पुगेको कम्पनीले जनाएको छ। 

यो दुई साताको अवधिमा उत्पादनकै क्रममा रहेका १० हजार कारलाई पूर्ण रुपमा बनाइसक्ने योजना कम्पनीले बनाएको रोयटर्सले लेखेको छ। फक्सवागनको स्वामित्वमा रहेको चेक ब्रान्ड स्कोडा अटो पनि चिपको चरम अभावबाट ग्रसित भएको छ। 

चेक रिपब्लिकको सबैभन्दा ठूलो निर्यातकर्ता स्कोडा अटोले अक्टोबर ७ मै उत्पादन घटाउनु पर्ने वा बन्दै गर्नुपर्ने अवस्था आउने बताएको थियो। कम्पनी अक्टोबर १८ देखि दुई साताका लागि उत्पादन बन्द गर्ने  निर्णयमा पुगेको हो। 

यो वर्ष चेकमा लक्ष्य अनुसार कार उत्पादन नहुने चेक अटो उद्योग संघठनले जनाएको छ। कार उत्पादन चेक अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ। चेकको अटो क्षेत्रमा १ लाख ८० हजार मानिसले रोजगारी पाएका छन्। 


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend