सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हाइड्रोजन इन्धनमा २ अर्ब युरो लगानी गर्दै बेलायती कम्पनी इनिओस

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
हाइड्रोजन इन्धनमा २ अर्ब युरो लगानी गर्दै बेलायती कम्पनी इनिओस

इयुले यही दशकभित्र ४० गिगावाट  कार्वन रहित उर्जा प्लान्ट जडान गरिसक्ने लक्ष्य लिएको छ। हाइड्रोजन, पानी तथा अन्य नविकरणीय स्रोतको उर्जा अहिले ०.१ गिगावाटमात्र रहेको छ। 

काठमाडौं- बेलायती केमिकल कम्पनी इनिओसले हाइड्रोजन इन्धन प्लान्टका लागि थप २ अर्ब युरो लगानी गर्ने घोषणा गरेको छ। 

कम्पनीले नर्वे, जर्मनी तथा बेल्जियम लगायतका देशमा आगामी १० वर्षमा हाइड्रोजन इन्धन प्लान्ट लगाउने घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ। 

इन्धनमा लगानी विस्तारका लागि युरोपियन युनियन आबद्ध सरकारहरूसँग सहकार्य गरिने कम्पनीले जानकारी दिएको छ। इयुले सन् २०५० सम्म कार्वन रहित ऊर्जाका लागि काम गर्ने घोषणा यसअघि नै गरिसकेको छ। 

इयुले यही दशकभित्र ४० गिगावाट  कार्वन रहित उर्जा प्लान्ट जडान गरिसक्ने लक्ष्य लिएको छ। हाइड्रोजन, पानी तथा अन्य नविकरणीय स्रोतको उर्जा अहिले ०.१ गिगावाटमात्र रहेको छ। 

कम्पनीले अघिल्लो महिना नै स्कटल्याण्डमा रहेको पेट्रोकेमिकल प्लान्टलाई हाइड्रोजन इन्धन प्लान्टमा रूपान्तरण गर्ने घोषणा गरिसकेको थियो। यसका लागि उसले १ अर्ब युरो लगानी हुने बताएको थियो। 

प्रकाशित : सोमबार, कात्तिक १ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend