शनिबार, वैशाख ८ गते २०८१    
images
images

हाइड्रोजन इन्धनमा २ अर्ब युरो लगानी गर्दै बेलायती कम्पनी इनिओस

images
बिजनेस न्युज
images
हाइड्रोजन इन्धनमा २ अर्ब युरो लगानी गर्दै बेलायती कम्पनी इनिओस

इयुले यही दशकभित्र ४० गिगावाट  कार्वन रहित उर्जा प्लान्ट जडान गरिसक्ने लक्ष्य लिएको छ। हाइड्रोजन, पानी तथा अन्य नविकरणीय स्रोतको उर्जा अहिले ०.१ गिगावाटमात्र रहेको छ। 

images
images

काठमाडौं- बेलायती केमिकल कम्पनी इनिओसले हाइड्रोजन इन्धन प्लान्टका लागि थप २ अर्ब युरो लगानी गर्ने घोषणा गरेको छ। 

images
images
images

कम्पनीले नर्वे, जर्मनी तथा बेल्जियम लगायतका देशमा आगामी १० वर्षमा हाइड्रोजन इन्धन प्लान्ट लगाउने घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ। 

images

इन्धनमा लगानी विस्तारका लागि युरोपियन युनियन आबद्ध सरकारहरूसँग सहकार्य गरिने कम्पनीले जानकारी दिएको छ। इयुले सन् २०५० सम्म कार्वन रहित ऊर्जाका लागि काम गर्ने घोषणा यसअघि नै गरिसकेको छ। 

images

इयुले यही दशकभित्र ४० गिगावाट  कार्वन रहित उर्जा प्लान्ट जडान गरिसक्ने लक्ष्य लिएको छ। हाइड्रोजन, पानी तथा अन्य नविकरणीय स्रोतको उर्जा अहिले ०.१ गिगावाटमात्र रहेको छ। 

images
images

कम्पनीले अघिल्लो महिना नै स्कटल्याण्डमा रहेको पेट्रोकेमिकल प्लान्टलाई हाइड्रोजन इन्धन प्लान्टमा रूपान्तरण गर्ने घोषणा गरिसकेको थियो। यसका लागि उसले १ अर्ब युरो लगानी हुने बताएको थियो। 

images

प्रकाशित : सोमबार, कात्तिक १ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस