सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बागमती प्रदेशमा सार्वजनिक सवारी भाडा बढ्यो, बस चढ्ने बित्तिकै १८ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १ २०७८
बागमती प्रदेशमा सार्वजनिक सवारी भाडा बढ्यो, बस चढ्ने बित्तिकै १८ रुपैयाँ

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते कार्तिक १ देखि लागु हुने सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो। योसँगै बागमती प्रदेशभित्र सार्वजनिक बस चढ्ने बित्तिकै यात्रुले १८ रुपैयाँ तिर्नुपर्ने छ। 

काठमाडौं- बागमती प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीको बढेको भाडा कार्यान्वयनमा आएको छ। सोमबारदेखि बागमती प्रदेशमा सञ्चालित सार्वजनिक बसको बढेको भाडा लागू भएको हो। 

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते कात्तिक १ देखि लागु हुने सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो। योसँगै बागमती प्रदेशभित्र सार्वजनिक बस चढ्ने बित्तिकै यात्रुले १८ रुपैयाँ तिर्नुपर्ने छ। 

प्रदेश मन्त्रालयको निर्णय अनुसार ५ किलोमिटरसम्म यात्रा गर्न १८ रुपैयाँ भाडा निर्धारण गरिएको छ। त्यस्तै १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ। १० वटा सूचकलाई आधार मानेर भाडा बढाइएको मन्त्रालयले जनाएको छ। 

केन्द्र सरकारले लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीको भाडा समायोजन गरेर छोटो दुरीका सवारीको भाडा समायोजनको जिम्मा प्रदेश सरकारलाई दिएको थियो। केन्द्र सरकारले असार २९ गते लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो। 


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend