शुक्रबार, मंसिर २२ गते २०८०    

११ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

images
बिजनेस न्युज
images
११ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको  छ अर्ब गरी जम्मा  ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं-  नेपाल राष्ट्र बैंकले  ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आज बिक्री गर्न लागेको हो ।

images
images
images

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको  छ अर्ब गरी जम्मा  ११ अर्ब २० करोड बराबरको ट्रेजरी  जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी  आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते  १३ अर्ब २५ करोड बराबरको ट्रेजरी  जारी गरेको थियो । 

images

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई  बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । रासस

images

 

images


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०५:१०
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ