काठमाडौं- कात्तिकको पहिलो साता नै नयाँ आइपीओ निष्काशन हुने भएको छ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि ७ करोड ३ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओको निष्काशन बन्द छिटोमा कात्तिक ८ गते र ढिलोमा कात्तिक १८ गते बैंकिङ समयपछि बन्द हुनेछ।